Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।

दसैं बिदापछि खुलेको सेयर बजार ४ कारोबार दिन यता लगातार बढेको थियो । तर पाँचौ कारोबार दिनमा भने दोहोरो अंकले घट्यो । आज १८ कम्पनीको सेयर मूल्य बढ्यो भने २२६ कम्पनीको मूल्य घट्यो । कुल २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच भए ।

आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटे ।

तपाईको प्रतिक्रिया