Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक स्विस पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका ६३ वर्षीय मार्कुस सेसलर, राहदानी नं. एस ०८८५१८७ बाहकको लेक लागेका कारण मृत भेटिएका हुन्।

प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीका अनुसार, चुलु फरेष्टतर्फ जाँदै गर्दा टेन्टमा रात बिताएका सेसलर राति सकुशल सुतेका थिए तर बिहान उठ्न नसकेपछि उनको लेक लागेर मृत्यु भएको अनुमान गरिएको छ।

“लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भने, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया