Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा १ लाख ६५ हजार पुगेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया