Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभरि डेङ्गुको संक्रमण तीव्ररुपमा फैलिँदैछ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को ताजा तथ्यांकअनुसार हालसम्म १९,५९९ जनामा डेङ्गु पुष्टि भएको छ। जसमा ९ जनाले ज्यान गुमाएका छन्। देशभरका ७६ जिल्लामा डेङ्गु फैलिएको छ भने सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ। काठमाडौँमा ३,१०३ जनामा डेङ्गु संक्रमण देखिएको छ। कास्की, तनहुँ, पर्वत, चितवन, ललितपुर लगायतका जिल्लाहरू पनि उच्च जोखिममा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने – पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दशैं लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ । समुदायमा संक्रमण फैलिरहेको छ। गत वर्ष, पुस मसान्तसम्म देशभर ५२,००० भन्दा बढीमा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु भएको थियो।

डेङ्गु एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ। यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, पानी जम्न नदिने र सुत्दा झुलको प्रयोग गर्नुपर्ने बताइएको छ। जटिल लक्षण देखिए तुरुन्त स्वास्थ्य सेवामा जान सल्लाह दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया