Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमको काठमाडौं-दुबई उडान शुक्रबार राति क्याबिन क्रुहरूको हड्तालका कारण रद्द भएको छ, जसले गर्दा ३२८ यात्रु अलपत्र परेका छन् । निगमका अनुसार उडानका लागि सबै तयारी भइसकेको भए पनि क्याबिन क्रु नआइपुगेपछि विमान उड्न नसकेको हो ।

उडानमा ५ बालबालिका र १६१ यात्रु रहेका थिए । जहाज साढे ११ बजे उड्नुपर्ने भए पनि क्याबिन क्रुले ड्युटीमा उपस्थित नहुँदा उडान साढे तीन बजेसम्म प्रतिक्षामा रह्यो । अन्ततः वैकल्पिक क्याबिन क्रुलाई पनि सम्पर्क गर्न नसकेपछि उडान रद्द भएको घोषणा गरिएको हो । यात्रुलाई गौशाला र ज्ञानेश्वरका होटलमा निगमकै खर्चमा राखिएको छ ।

उडान रद्द हुनुको कारण ४५ वर्ष उमेरपछि अनिवार्य अवकास दिने नियम हटाउन माग गर्दै क्याबिन क्रुहरूको आन्दोलन हो । नेपाल वायुसेवा क्याबिन क्रु संघले उमेर हद र सेवा सुविधामा विभेदको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको भए पनि मुद्दाको टुंगो नलागेपछि उनीहरू असोज १६ यता पुनः आन्दोलनमा छन् । नारिता उडान पनि आन्दोलनका कारण दुई घन्टा ढिलो भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया