Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – इरानले पहिलाे पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अभिभ र यस क्षेत्र वरपरका तीन वटा सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ । सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा गतिमा यात्रा गर्न सक्षम छ ।

तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण ‘ठूलो गल्ती’ भएको प्रतिक्रिया दिएका छन् । रिभोलुसनरी गार्डसले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको गत शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

तपाईको प्रतिक्रिया