Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले  एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुईवटा मुद्दामा प्रति मुद्दा ५०–५० हजार धरौटी तोकेका हुन्।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको थियो ।

‘देश दुनियाँ खबर’ नामक युटुव च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका संग्रौलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अदालतको आदेशसँगै प्रसाईं मंगलबार नै धरौटी बुझाएर रिहा हुने भएका छन् ।

तपाईको प्रतिक्रिया