Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल र बबरमहलस्थित बुटिक होटेल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिबाना तिराएको छ। नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेकाले जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

त्यस्तै, बसेरा होटेलले अधिकतम् खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको भेटिएपछि जरिबाना तिराइएको विभागले जनाएको छ। विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ। सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया