Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण काठमाडौँ उपत्यका र आसपासका जिल्लामा ठुलो जनधनको क्षति भएपछि प्रधानमन्त्रीले राहत प्याकेज घोषणा गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने पत्रकार सम्मेलनमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने योजना छ। प्रधानमन्त्रीको सचिवालयले क्षतिको विवरणका साथ राहत प्याकेजसम्बन्धी योजना प्रस्तुत गर्ने जनाएको छ।

प्रधानमन्त्री ओली सोमबार अमेरिका भ्रमण सकेर स्वदेश फर्केपछि मन्त्रिपरिषद्को बैठक बोलाई विपद्मा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको थियो।

यसका अतिरिक्त, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने र राष्ट्रिय शोक घोषणा गर्दै तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया