Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धादिङको मलेखुमा फेरि पहिरो खस्दा पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले यो क्षेत्रमा यातायातमा समस्या आइरहेको छ। धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा दुईवटा माइक्रोबस र एक बसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विंगर सवारी साधन पुरिएका छन्।

पहिरोको जोखिमका कारण मलेखु–मुग्लिन सडक खण्डमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माका अनुसार ७५ जना प्रहरीलाई थप गरी क्षेत्रको सुरक्षा र व्यवस्थापनमा खटाइएको छ। ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा सडक व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले सो क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको छ । साथै, साना सवारी साधनलाई गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाउने व्यवस्था गरिएको छ र पार्किङ गर्दा भिरालो स्थानमा नगर्न आग्रह गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया