Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । ओलीको विमान ४:१५ बजे अवतरण गरेपछि पुनः विमानस्थलका अन्य उडानहरू सुचारु गरिएको हो।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार प्रधानमन्त्रीको आगमनपछि अन्य नियमित उडान र अवतरण सामान्य अवस्थामा फर्किएको छ।

हालैका दिनमा सडक यातायातमा समस्या आएसँगै हवाई यात्राको माग बढेको छ। जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप पनि वृद्धि गरेको छ। यसबाहेक, आज बिहानैदेखि उडानहरूमा दुई घण्टासम्मको ढिलाइ भइरहेको थियो र प्रधानमन्त्रीको आगमनका कारण विमानस्थल बन्द हुँदा थप समस्या भएको छ।

 

 

तपाईको प्रतिक्रिया