समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको अन्तर्वार्ता असोज १८ गते हुने भएको छ। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सूचनामार्फत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई र डा. नवराज अधिकारीलाई संक्षिप्त सूचीमा समावेश गर्दै सो दिन बिहान ८ बजे उनीहरूको कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने जानकारी दिएको हो।
यसअघि पनि सर्टलिस्टमा परे पनि अन्तर्वार्तामा सहभागी नभएका कारण समितिले अध्यक्षको नाम सिफारिस गर्न सकेको थिएन।
यही क्रममा, पाँचमध्येका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले नयाँ नियुक्ति प्रक्रिया सुरु नगर्न सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै नयाँ प्रक्रिया अघि नबढाउन भनेको थियो। यद्यपि, पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्त गर्न भने सर्वोच्चले बाटो खुला गरेपछि सरकार पुनः सोही प्रक्रियालाई अघि बढाउँदै छ।