Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा देशानायकेले संसद विघटन गरेका छन्। राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन्। राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए।

गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भंग गरेर निर्वाचनको मिति तोकेका हुन्। श्रीलंकाको नवौं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरुको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए।

साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए। उनले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया