Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

टोकियो – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको ११ औं साधारणसभा जापानको चिवामा सफलतापूर्वक सम्पन्न भएको छ । सभाले एनआरएनए जापानको २०२१ को विधानलाई समयानुकूल परिमार्जन गर्दै २०२३ संशोधित विधानलाई अनुमोदन गरेको हो ।यस विधानलाई थप कार्यसक्षम र प्रासंगिक बनाउँदै लैजाने उद्देश्यले तयार पारिएको मस्यौदालाई सभाले स्वीकृत गरेको छ । साधारणसभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरूको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गरेका छन् ।उनले एनआरएनएको अभियानलाई अझ सशक्त बनाउने गरि गतिविधि सञ्चालन गर्न आग्रह गरे । ‘एनसीसीका विधानहरूले त्यस मुलुकमा बस्ने समग्र प्रवासी नेपालीहरूलाई समेट्न सक्ने गरि बनाइनु पर्छ ।’ आइसीसी उपाध्यक्ष शेरचनले भने, ‘एनआरएनएलाई प्रवासी नेपालीको साझा संस्था बनाउन र एनआरएनएको अभियानलाई अझ सशक्त बनाउने गरि आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गर्दछु ।’साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष रोशन थापाले एनआरएनएको छविलाई उच्च राख्न एनआरएनए एनसीसीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूको हित र सुरक्षालाई मध्यनजर गरेर कार्य गरिनुपर्ने बताए ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका सल्लाहकार तथा एनआरएनए जापानका संरक्षक ओम गुरुङले संस्थाको मर्म र उद्देश्यलाई आत्मसात् गर्न सकियो भने मात्र हरेक संस्थाले राम्रो गति लिन सक्ने भएकोले एनआरएनए जापानमा आबद्ध हरेक सदस्यले एनआरएनएको मर्म र भावनालाई आत्मसात् गर्दै विधान अनुरूप कार्य गर्न आग्रह गरे ।एनआरएनए जापानका प्रमुख संरक्षक शिवप्रसाद पौडेलले एनआरएनए जापानले जापानवासी नेपाली हितमा कार्य गरेकोमा खुसी व्यक्त गर्दै जापानमा रहेका हामी सबै नेपाली नेपाल राष्ट्रको अवैतनिक दूतको रुपमा कार्य गरिनु पर्ने बताए ।कार्यक्रम बोल्ने वक्ताहरूले एनआरएनए जापानले गरेका क्रियाकलापहरूले एनआरएनएको साख बढाउन सफल भएको एनआरएनए जापान जापानवासी नेपालीहरूको नजिक साथीको रुपमा रहेर कार्य गरिरहेको र आउने दिनहरूमा पनि जापानवासी नेपालीलाई केन्द्रमा राखेर क्रियाकलाप सञ्चालन गरिनुपर्ने सुझाव प्रदान गरेका थिए ।यसरी सुझाव प्रदान गर्नेहरूमा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक दीपक कार्की, महिला उप संयोजक अनिता गुरुङ, एनआरएनए जापानका संरक्षक देवीलाल भण्डारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानको विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी, क्षेत्रीय समितिहरूको तर्फबाट नागोयाका संयोजक भेषनाथ गौतम लगायतले बोलेका थिए ।साधारण सभाले एनआरएनए जापानका महासचिव टिकाराम खरेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपक सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । साधारण सभा एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्यसहित सम्पन्न भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया