Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै आज पनि प्रदर्शन भएको छ । प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन् ।

लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

यता, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया