Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले आफू गलत संगतमा परेको बताएका छन् । उनले सोमबार प्रारम्भिक बयानमा आफू गलत संगतमा परेको बताएका हुन् ।

इजलासमा छविले आफू गलत संगतमा परेको थाहा पाएपछि कानुनी रूपमा पैसा फिर्ता लिएर गोर्खा मिडिया नेटवर्कबाट अलग्गिएको जिकिर गरे । ‘२०७८ सालमै आफ्नो ३५ प्रतिशत सेयरबाट १५ प्रतिशत रवि लामिछानेका नाममा पास गरेको हुँ,’ उनले बयानमा भनेका छन्, ‘सहकारी ठगी गर्ने मान्छे अरू नै छन्, अनुसन्धानमा साथ दिन्छु ।’

जोशीले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा रवि लामिछाने र जीबी राईकै भूमिका प्रमुख रहेको बयान दिए । ‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन्,’ उनले भने, ‘गोर्खा मिडियामा रविको प्रवेशसँगै चेक काट्नेदेखि सबै काम उहाँ र जीबीलेमात्रै गर्नुभयो, हामीलाई यसबारेमा केही पनि जानकारी छैन ।’

कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लगिए पनि सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको थियो ।

सोमबार जोशीमाथि प्रारम्भिक बयान लिइएको थियो । आज पनि बयान जारी रहनेछ । यस प्रकरणमा संसदीय समितिले ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उल्लेख गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया