Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे सोमबार बिहान काठमाडौं आइपुगेका छन्। यसअघि भुटानको भ्रमणमा रहेका उनी ड्रुक एयरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। काठमाडौंस्थित श्रीलंकाली दूतावासका अनुसार राजपाक्षे पत्नीका साथ नेपाल आएका हुन् र उनी हाल ललितपुरको भिभान्ता होटलमा बसेका छन्। उनी लुम्बिनी भ्रमणको लागि नेपाल आएको जनाइएको छ। जसको सम्पूर्ण व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ।

ललितपुरमा रहने क्रममा पूर्वराष्ट्रपति राजपाक्षेको सुरक्षा व्यवस्थापन कडा गरिएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश सुवेदीले आवश्यक सुरक्षा उपायहरू अपनाइएको जानकारी दिएका छन्।

दुई वर्षअघि श्रीलंकामा भएका हिंसात्मक प्रदर्शनपछि राजपाक्षेले श्रीलंका छोडेका थिए। त्यसबेला उनी श्रीलंकाको सैन्य विमानबाट देश छोडेर भागेका थिए, तर केही समयपछि पुनः श्रीलंकामा फर्किएका थिए। साथै, आजै श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ ग्रहण गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया