Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले विचार नपुर्‍याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गरे ।

‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

उनले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाए । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया