Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समिट अफ द फ्युचर’ अन्तर्गत आयोजित अन्तरक्रियात्मक छलफलको अध्यक्षता गरेका छन्। यस सत्रमा दिगो विकास लक्ष्यहरूको कार्यान्वयन, चुनौतीहरू र भावी योजनाहरूको बारेमा छलफल गरिएको थियो।

सहभागी राष्ट्रका मन्त्री र प्रतिनिधिहरूले आ-आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र स्थायी नेपाली प्रतिनिधि लोकबहादुर थापा समेत सहभागि थिए।

तपाईको प्रतिक्रिया