Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दुप्चेश्वर गाउँपालिका-६ मा रहेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नुअघि स्नान गर्ने क्रममा एक तीर्थयात्रीको शव फेला परेको छ। सूर्यगढी गाउँपालिका-३ की ७२ वर्षीय हिमकुमारी अधिकारीलाई सोमबार तादी खोलामा स्नान गर्ने क्रममा खोलाले बगाएको थियो। अधिकारी मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट आएकी थिइन्।

प्रहरीको अनुसार, स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ को गोडापुल क्षेत्रमा तादी खोलामा अधिकारीको शव फेला पारेको हो। जिल्लाका प्रहरी प्रमुख शान्तिराज कोइरालाले यस घटनाको पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया