समाचार सुन्नुहोस :
काठमाडौँ – महोत्तरीको भंगहा नगरपालिका–२, बखरी गाउँका ५० वर्षीय डाक्टर प्रबोधकुमार यादव वैशाख ३ गतेदेखि हराइरहेका छन्। काठमाडौंमा बसोबास गर्दै आएका यादव कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारसँग सम्पर्कविहीन भएका हुन्।
उनका परिवारले यादवलाई खोजी गर्न स्थानीय प्रशासनसँग सहयोग मागेका छन्। महोत्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार यादवले वैशाख ३ गते बिहान श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुराकानी गरेका थिए। सोही दिन दिउँसो ३ बजेपछि उनको मोबाइल बन्द भएको श्रीमतीले जानकारी दिएकी छिन्।
बेपत्ता यादवको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।