Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या उनको आफ्नै प्रेमीले गरेको खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक युवती सिरहा घर भएकी राम दुलारी थिइन् । उनि काठमाडौंको बसुन्धारामा बस्दै आएकी थिइन्। प्रहरीले उनको टाउकामा चोट देखिएपछि घटनाको छानबिन तीव्र बनाउँदै हत्या भएको निष्कर्ष निकालेको हो।

प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा छन्। रामविनय जुत्ता सिलाउने काम गर्थे भने उनकी प्रेमिका राम दुलारी ज्याला मजदुरी गर्थिन्। उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर बारम्बारको असमझदारीले उनीहरूबीच झगडा हुँदै आएको थियो।

प्रहरीका अनुसार रामविनयले सन्तोषसँग मिलेर राम दुलारीको हत्या गर्ने योजना बनाएका थिए। योजनाअनुसार रामविनयले प्रेमिकालाई घुम्न भनेर सुन्दरीजल लगेका थिए। सुन्दरीजल पुगेर सन्तोषको सहयोगमा हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

तपाईको प्रतिक्रिया