समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र बहुमत हासिल गर्ने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल भइरहेको छ।
महासचिव शंकर पोखरेलले मंगलबार प्रस्ताव गरेको २३ पृष्ठ लामो कार्ययोजनामा नेताहरूले आज आफ्नो धारणा प्रस्तुत गर्नेछन्। पार्टीले नेताहरूलाई कार्ययोजनामा राय प्रस्तुत गर्न ३ मिनेटको समय छुट्याएको छ। त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन निर्देशन दिएको छ।