Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानमा आएको शक्तिशाली आँधीको गति घटेको छ । सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो जुन बिहीबार क्युसु टापुमा अवतरण भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुरुवाती समयमा २५२ किलोमिटर प्रति घण्टाको दरमा वहेको उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रति घन्टामा झरेको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाइएको छ । फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार आँधीका कारण समाचार तयार पार्दा सम्म कम्तीमा छ जनाको मृत्यु भएको भने १२० जनाभन्दा बढी घाइते भएका छन् ।

एजेन्सिका अनुसार पछिल्लो समयमा आँधीको गति घटेसँगै ‘डाउनग्रेड’ गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ । आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले बुलेट ट्रेन तथा हवाइ उडान आंशिक रुपमा प्रभावित भएका छन् । जापान मौसम विज्ञान एजेन्सीले बाढी पहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ ।

यसै गरी मध्य गिफु क्षेत्रमा नदीमा उच्च बहावको जोखिमका कारण नदी नजिकैका करिव दुई हजार बासिन्दालाई निकासी चेतावनी जारी गरेको छ भने उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापान लगायत अन्य ठाउँमा मौसमी प्रतिकुलता र जोखिम बढिरहेको छ ।

सन् २०२१ अत्यधिक बर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढी पहिरो आउदा २७ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा पश्चिमी जापानमा बाढी पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया