काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिए ।
‘प्रमाण खोइ, प्रमाण खोइ भनेर खोजेको पाए तथ्य प्रमाण भएरै होला संसदीय समिति बनाएका छौँ । हामीसँग भएको तथ्य प्रमाणित पुग्थेन होला समितिमा‚’ उनले भने‚ ‘९ मिनेटमा चट भनेकोमा ९ घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला । मलाइ समितिमा पूरा विश्वास छ ।’
उनले बयान दिँदैमा सबै विषय सम्पन्न भईनसकेको भन्दै थपे‚ ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ बयान हो बयान सफाइ हैन फैसला आउन बाँकी छ । फैसला कुरेर बसेको छु ।’
उनले फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भने‚ ‘दिन गनौँ‚औला भाँचेर गनौँ‚लेखेर गनौँ खरीले गनौँ मसीले गनौँ । फैसला आउने दिन गनौँ ।’