Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थ मन्त्रालय र बेलायत सरकारबीच आज दुई वटा वित्तीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस अन्तर्गत ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ का लागि ३८.५ मिलियन स्टर्लिङ पाउण्ड र ‘सामर्थ’ कार्यक्रमका लागि ३८.८ मिलियन स्टर्लिङ पाउण्डको अनुदान बेलायत सरकारले प्रदान गर्नेछ। यो नेपाली रुपैयाँ १३ अर्ब ७७ करोड ५२ लाख भन्दा बढी हो।

यो सहयोग जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रहरूको क्षमता अभिवृद्धि गर्ने र कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा मानव पुँजी विकास तथा सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ प्रदान गरिएको हो। बेलायत र नेपालको दुई सय वर्ष पुरानो साझेदारीलाई बलियो बनाउन यो सहयोगले थप योगदान दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया