Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विवाद चलेको छ। विवादको कारण एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीद्वारा चलाइएको १० वर्षे जनयुद्धलाई “हिंसा” भनेपछि सुरु भएको थियो। भट्टराईले यदि माओवादीको हिंसा नभएको भए नेपाल विद्युत् उत्पादनमा पहिले नै आत्मनिर्भर हुने थियो र २०६२ सालमै लोडसेडिङमुक्त हुने थियो भनेका थिए।

भट्टराईको यस टिप्पणीले माओवादी सांसदहरूमा असन्तोष उत्पन्न गरायो। माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै संसदमा “हिंसा” शब्द प्रयोग गर्न नपाइने बताए। अर्का माओवादी सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा नभएको भन्दै भट्टराईको भाषणबाट “हिंसा” शब्द हटाउन आग्रह गरे। सभामुख देवराज घिमिरेले यसअघि नै “हिंसा” शब्द प्रयोग नगर्न निर्देशन दिइसकेका भए पनि भट्टराईले जनयुद्धलाई हिंसा नै भएको अडान राखे।

तपाईको प्रतिक्रिया