समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न तयार गरिएको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाएका छन्।
सभामुखको सचिवालयले बुधबार जानकारी दिएअनुसार, घिमिरेले उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष बुझाएका हुन्। संघीय संसद्का दुवै सदनले यसअघि नै सर्वसम्मतिले पारित गरेको यो विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ।
प्रकाशित मिति: बुधबार, भाद्र १२, २०८१
प्रकाशित समय: १७:२२:४७