Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको पहिलो कारोबार नेपाल स्टक एक्सचेन्ज् (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अघिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करो८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो ।

यस दिन ६० कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । बाँकि सबै समूह राताम्मै भएको छ । सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह ३.८३ प्रतिशतका दरले घटेको हो ।

आइतबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया