समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओली अस्वस्थ भएका कारण शुक्रवार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सकेनन्।
प्रधानमन्त्री ओलीले सो कार्यक्रमको लागि दिउँसो १२ बजे उपस्थिति जनाउने योजना थियो तर स्वास्थ्यमा समस्या देखिएपछि उपस्थित हुन नसकेको जानकारी आयोजकले दिएका छन्। ‘१२ बजेसम्म प्रधानमन्त्रीज्यू आउने कार्यक्रम थियो तर अहिले उहाँको सचिवलायले स्वास्थ्य प्रतिकुल रहेकोले उपस्थित नहुने जानकारी गराएको छ,’ एमाले नेतासमेत रहेका पूर्वमन्त्री भानुभक्त ढकालले भने ।
प्रधानमन्त्री उपस्थित नभएपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए।