Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अभियन्ता युवराज ‘सफल’ले खरेलमाथि नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्।

सफलले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको र कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु ।’

सफलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको ३५ किलो सुनसहित अन्य सुन प्रकरणमा पनि प्रहरीका उच्च अधिकारीहरूले नक्कली सुराकी खडा गरी करोडौँ रुपैयाँ सुराकी कमिसन लिएको आरोपसमेत उजुरीमा समावेश गरेका छन्।

तपाईको प्रतिक्रिया