Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अबिरल वर्षाका कारण गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा पहिरो खसेपछि सडक बन्द भएको हो। त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाको रिडी खज्र्याङ् र रातामाटामा चट्टानसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ।

सत्यवती गाउँपालिकाको उर्लीखोलामा पानीको बहाव बढेपछि रिडी‐रुद्रबेणी‐वामीटक्सार सडक पनि अवरुद्ध भएको छ। यसले गर्दा तम्घास र वामीटक्सारदेखि बुटवल-काठमाडौँ जाने सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्। स्थानीय पालिका र प्रशासनले सडक सञ्चालनका लागि प्रयास गरिरहेका छन्, तर लगातारको वर्षा र पहिरोका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया