समाचार सुन्नुहोस :
काठमाडौँ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण र उद्धारका लागि रक्षामन्त्री मानवीर राईको नेतृत्वमा टोली पुगेको छ। शुक्रबार थामे खोलामा आएको बाढीले वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ। बाढीले २० घरलाई क्षति पुर्याएको छ भने ९३ जनालाई सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ।
नेपाली सेना र स्थानीय जनप्रतिनिधिको सहयोगमा उद्धार र राहत कार्य जारी छ। बाढीले पक्की पुलमा पनि क्षति पुर्याएको छ। प्रभावित क्षेत्र पर्यटकीय ‘थ्री पास’ मार्गमा पर्दछ, जहाँ चौँरीपालन र होटल व्यवसाय चल्दै आएको छ। विद्युत् गृहमा क्षति हुँदा दूरसञ्चार सेवा प्रभावित भएको छ।