समाचार सुन्नुहोस :
काठमाडौँ – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिएर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। दुर्घटनामा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ निवासी ४५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको भक्तपुर प्रहरीले पुष्टि गरेको छ। कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
कपन, काठमाडौँमा बस्दै आएका कोइराला बा.४९ प ८९४४ नम्बरको स्कुटरमा सवार थिए । उनलाई ना.६ ख २१७३ नम्बरको ट्रकले बिहीबार ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार ठक्करपछि ट्रकले उनलाई केही मिटरसम्म घिसारेको थियो।