काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ । हिजो र अस्ती अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो ।
मंगलबार र बुधबार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा थियो । आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६४ र बिक्रीदर ३५७ रुपैयाँ २४ पैसा थियो ।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची :-