Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा राजीनामा दिने निर्णय गरेका छन्। प्रधानमन्त्री किशिदाले आगामी महिना हुने पार्टी चुनावमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेतृत्वको लागि पुनः चुनावमा नजाने घोषणा गरेका हुन् । यसको अर्थ हो आगामी सेप्टेम्बरपछि देशले नयाँ प्रधानमन्त्री प्राप्त गर्नेछ ।

बुधबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री किशिदाले एलडीपीलाई नयाँ नेतृत्वको आवश्यकता रहेको बताउँदै आफूले यसलाई पूर्ण समर्थन गर्ने उल्लेख गरे।

“यस चुनावमा एलडीपी परिवर्तन भइरहेको छ भन्ने देखाउन आवश्यक छ र अब एलडीपी नयाँ हुन्छ,” किशिदाले पत्रकारहरूसँग भने, “यसका लागि पारदर्शी र खुला चुनाव आवश्यक छ । स्वतन्त्र र ऊर्जावान बहस महत्त्वपूर्ण हुन्छ । एलडीपी परिवर्तन हुन्छ भनेर देखाउनका लागि सबैभन्दा पहिलो कदम म पछाडि हट्नु हो । म आउँदो चुनावमा प्रतिस्पर्धा गर्दिन ।”

किशिदाले आफ्नो निर्णयको बारेमा उच्च प्रशासनिक अधिकारीहरूलाई जानकारी गराइसकेका छन्। किशिदा सेप्टेम्बर सन् २०२१ मा तीन वर्षको कार्यकालका लागि पार्टीको अध्यक्षमा चयन भएका थिए । एलडीपीसँग संसदमा सबैभन्दा बढी सिट भएकोले आउने चुनावमा पार्टी नेता जसले जित्छ उहीनै जापानको आगामी प्रधानमन्त्री बन्नेछ ।

तपाईको प्रतिक्रिया