Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गाजाको नागरिक सुरक्षा विभागका अनुसार शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली आक्रमणका कारण ९० देखि १०० जनासम्मको मृत्यु भएको अनुमान गरिएको छ। विभागका प्रवक्ता महमुद बासलले विस्थापित प्यालेस्टिनीहरू बस्दै आएको उक्त विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार हुँदा ९० देखि १०० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जानकारी दिए।

गाजाको सरकारी सञ्चार कार्यालयले यस आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ। इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको “कमान्ड एन्ड कन्ट्रोल सेन्टर” मा लक्षित आक्रमण गरेको दाबी गरेको छ। इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले भने आक्रमण विद्यालयमा बिहानको प्रार्थनाको समयमा भएको बताएको छ।

गाजाको सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताका अनुसार, आक्रमणमा १०० भन्दा बढीको मृत्यु भएको र दर्जनौं गम्भीर घाइते भएका छन्। गाजाको सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब २५० जना महिला र बालबालिका रहेको उल्लेख गर्दै, तीमध्ये लगभग आधा आक्रमणमा मृत्यु भएको बताएका छन्।

तपाईको प्रतिक्रिया