Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण र सरकारबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा उनले विद्युत प्राधिकरण सरकारकै अंग भएको भन्दै कुनै ‘मिसअन्डरस्ट्यान्डिङ’ नभएको दाबी गरे।

डेडिकेटेड र ट्रंकलाइन योजना आफू आउनु अघि नै लागू भएको बताउँदै घिसिङले उद्योगीहरूले बक्यौता रकम तिर्ने विश्वास व्यक्त गरे। उनले उद्योगीहरू प्रक्रियामा नआएर अदालत गएको आरोप लगाए र २५ प्रतिशत रकम घटाएर पनि उद्योगीहरूले प्रक्रिया अनुसरण नगरेको बताए।

घिसिङले सार्वजनिक लेखा समितिलाई मात्र आवश्यक डकुमेन्ट उपलब्ध गराएको र टीओडी प्रोफाइलको ४०-५० हजार कपी प्रिन्ट गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया