Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – सदाबहार प्रदूषित हुने शहर काठमाडौँ यति बेला सफा बनेको छ । बाह्रै महिना धुवा,धुलो र प्रदूषणको सामना गर्नुपर्ने शहरबासीहरुले यो बेला निकै स्वच्छ हावा पाइरहेका छन् ।

निरन्तर वर्षासँगै काठमाडौँ उपत्यकाको वायु स्वस्थकर बनेको हो । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर एक्यूआई एयर क्वालिटी इन्डेक्स २० भन्दा कम छ ।

एक्यूआई सबैभन्दा कम रत्नपार्कमा पाँच छ । यस्तै, भक्तपुरमा आठ, खुमलटारमा नौ, शंखपार्कमा १८ छ । उपत्यकाबाहिर सबैभन्दा कम एक्यूआई नेपालगञ्जमा चार रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दा माथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ । काठमाडौंमा फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड छ ।

तपाईको प्रतिक्रिया