काठमाडौं – मन्त्रिपरिषद्मा कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री थपिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
सत्तारुढ घटक कांग्रेस र एमाले मन्त्रिपरिषद्लाई समावेशी र अन्य दललाई पनि समेट्नका लागि राज्यमन्त्री थप्ने निर्णयमा पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।
संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।