Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेलले आज (शनिबार) गाई पूजा गरेका छन्। कात्तिक कृष्ण औंसीको दिन पर्ने गाई तिहारमा देवी लक्ष्मीको प्रतीक मानी गाईको पूजा गर्ने परम्परा रहिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा अर्पण गरे।

गाई तिहारको अर्को परम्परा अनुसार, श्रावण शुक्ल पूर्णिमामा हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ नदी पार गर्न सजिलो हुने जनविश्वास छ। यमपञ्चकको अन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा पनि रहेको छ।

तपाईको प्रतिक्रिया