काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा शुक्रबार बिहान देखिसुरु भएको हो ।पार्टी सहप्रवक्ता मनिष झाकाअनुसार पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्नका लागि बन्द कार्यशादा आयोजना गरिएको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र तथा बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ । कार्यशाला शनिबार सम्पन्न हुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार