Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन् । गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन् । सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो ।

कांग्रेस एमालेको गठबन्धनसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित नै छ । किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ ।

विश्वासको मत प्राप्त गर्न न्यूनतम २७ सांसदको समर्थन आवश्यक हुन्छ । ५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिमा २ सांसद छन् । दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया