Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

उक्त बस करिब दुई महिनादेखि पार्किङ गरेर राखेको पाइएको छ । युवकको मृत्युको कारण खुलेको छैन । शव मंगलबार साँझ भेटिएको हो । ‘युवकको मृत्यु ३/४ दिन दिनअघि नै भएको जस्तो देखिन्छ,’ एसपी अधिकारीले भने, ‘शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

तपाईको प्रतिक्रिया