Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको केरला राज्यमा पहिरोका कारण ३६ जनाको मृत्यु भएको छ, जसमा एक नेपालीको पनि मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार, मंगलबार बिहान वायानड जिल्लामा पहिरो जाँदा यो त्रासदी घटना भएको हो। पहिरोमा परेका एक नेपाली परिवारका एक वर्षीय बालकको पनि निधन भएको । यद्यपि यसबारे विस्तृत जानकारी आउन बाँकी छ।

केन्द्रीय र प्रदेशीय सरकारहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। केरलमा अहिले पनि भारी वर्षा भइरहेको छ, जसले उद्धार प्रयासमा अवरोध उत्पन्न गरिरहेको छ। केरला राज्य विपद व्यवस्थापन, सेना, र अन्य उद्धारकर्मीको टोली घटनास्थलमा खटिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा ज्यान गुमाएकाहरूका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। पहिरोले वायानड जिल्लाका मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा ठूलो क्षति पुर्याएको छ।

 

 

तपाईको प्रतिक्रिया