Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । संसदीय समितिको बैठकमा प्रधानमा निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो ।

समितिको सोमबारको बैठकले प्रधानलाई अस्वीकृत गर्ने निर्णय लिएको हो । समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था गरेको भन्दै उक्त निर्णय लिएको हो ।

संसदीय सुनुवाइ समिति सदस्यसमेत रहेकी एमाले सचेतक सुनिता बरालले प्रधानलाई निर्वाचन आयुक्तमा अस्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिइन् । ‘समितिको कार्यविधिमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने व्यवस्था मात्रै रहेकाले उहाँको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको छ,’ उनले भनिन् ।

प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि भन्दै सोमबार मात्रै निवेदन दिएका थिए । निवेदन पनि समितिको निर्णयमा उल्लेख गरिएको बरालले जानकारी दिइन् ।

प्रधानमाथि एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन् । पीडित महिला आफै संसदीय सुनुवाइ समितिमा उपस्थित भएर बयान दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया