Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – पोखरामा स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी पाँच वर्षीय छोरा प्रिन्स विक रहेका छन् । प्रिन्सको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज बिहान विद्यार्थी लिएर पोखरा–२१ रामदीबाट बिरौटा फर्कने क्रममा दुर्घटनामा परेको थियो । घाइते विद्यार्थी तथा चालकको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज पृथ्वीचोक, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ । बस सडकको डिलबाट करिब ६० मिटर तल पल्टिएको हो ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु :
१ जिल्ला कास्की पोखरा मनपा २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ५ को रोशन बराल, अवस्था मध्यम ।
३ ऐ.ऐ. रामदी बस्ने वर्ष १४ को दिप्सन कार्की, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ६ को योना गुरुङ, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १३ की डिना गुरुङ, अवस्था सामान्य ।
६ ऐ.ऐ. बस्ने वर्ष १५ की प्रकृती कार्की, अवस्था मध्यम ।
७ ऐ.ऐ. एकहाते बस्ने वर्ष ६ को प्रिन्स राना, अवस्था सामान्य ।
८ ऐ.ऐ. रामदी बस्ने वर्ष ७ की चिजा बिक, अवस्था सामान्य ।
९ ऐ.ऐ. बस्ने वर्ष ९ को प्रवेश कार्की, अवस्था मध्यम ।
१० ऐ.ऐ. बस्ने वर्ष १२ की विसिका पौडेल, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ११ को विश्वास पौडेल, अवस्था सामान्य ।
१२ ऐ.ऐ. बस्ने अं। वर्ष ४र५ को प्रिन्स बिक. (उपचारका क्रममा मृत्यु)
१३ ऐ.ऐ. एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक, अवस्था मध्यम ।
१४ ऐ.ऐ. रामदी बस्ने वर्ष ११ को विवश खत्री, अवस्था मध्यम ।
१५ ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बिक, ९ः४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु
१ जिल्ला कास्की पोखरा मनपा २१ बस्ने वर्ष ८ की अनन्या पौडेल, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ३ की सिमन मगर, अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने वर्ष ३ को न्युजन मगर, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ७ को रिजन मगर, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १२ को रामकृष्ण नेपाली, अवस्था मध्यम ।
६ ऐ.ऐ. बस्ने वर्ष २ को अंकित खत्री, अवस्था मध्यम ।
७ ऐ.ऐ. बस्ने वर्ष १४ की सतिादेवी बिक, अवस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८ ऐ.ऐ. बस्ने वर्ष ७ को अस्मित बिक, अवस्था मध्यम ।
९ ऐ.ऐ. बस्ने वर्ष ३० की सुमित्रा सुनार, अवस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अभिभावक) ।
१० ऐ.ऐ. बस्ने वर्ष २ को निर्दोष सुनार, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ३० की सपना आले, अवस्था मध्यम, (शिक्षक) ।
१२ ऐ.ऐ. बस्ने वर्ष ११ को निश्चल सुनार, अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइतेहरु
१ जिल्ला कास्की पोखरा मनपा १७ बिरौटा बस्ने वर्ष ५५ को टेक बहादुर भुजेल, अवस्था मध्यम, (बस चालक) ।
२ ऐ.ऐ. २१ रामदी बस्ने वर्ष ८ को निशान सुनार, अवस्था सामान्य ।
३ ऐ.ऐ. बस्ने वर्ष ५ को सागर थापा, अवस्था मध्यम ।

तपाईको प्रतिक्रिया