समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ।जापानको प्रतिनिधिसभाका सदस्य तथा न्यायिक मामिलासम्बन्धी स्थायी समितिका अध्यक्ष ताकेबे अर्ताको नेतृत्वमा आइतबार परराष्ट्र मन्त्रालयमा पुगेको टोलीले मन्त्री राणासँग भेटघाट गरेको हो।
भेटवार्तामा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रकाशित समय: २३:१३:४१