Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा घाइते भएका दुईजनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। पहिरोमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको उनले बताए।

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा जीतबहादुर उमेर (३७), उनका बुबा सोलाल कान्छा गुरुङ उमेर(६०), उनकी श्रीमती कान्छी गुरुङ उमेर(३५), रमेश गुरुङ उमेर(३३), र रमेश परियार उमेर(२४) रहेका छन्।

शनिबार राति तीन बजे गएको पहिरोले जीतबहादुरको कृषि फर्म र नजिकैको घर समेत बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।

तपाईको प्रतिक्रिया