Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको छ ।

इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो । इजरायली सुरक्षा बल आईडीएफले लेबनानी आतंकवादी समूह हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाएको छ ।

हिजबुल्लाह समूहले भने यो आरोप अस्वीकार गरेको छ । यो घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहले यो आक्रमणको महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

यो घटनापछि इजरायल र हिजबुल्लाह समूहबीच पूर्ण युद्ध सुरु हुने जोखिम बढेको बीबीसीले जनाएको छ । गत अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएदेखि नै लेबनानको हिजबुल्लाह समूह र इजरायलबीच पनि तनाब बढ्दै गएको छ ।

यसैबीच इजरायलले गाजाको एक विद्यालय नजिक गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा एक सय जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया